पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिलिहाङमा कुकुर र बिरालोलाई निःशुल्क रेबिज खोप सञ्चालन हुने

चिन्तन खबर

हिलिहाङ । हिलिहाङ गाउँपालिकाले घरपालुवा कुकुर र बिरालोलाई लक्षित गर्दै निःशुल्क रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 

गाउँपालिकाको पशु सेवा केन्द्रले चालु आर्थिक वर्ष २०८१\८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जेठ २१ गते सबै वडामा शिविर सञ्चालन गरेर खोप लगाउने तयारी गरेको हो ।

 

पशु प्राविधिक धिरज पटेलका अनुसार, कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र रहेका घरपालुवा कुकुर र बिरालोलाई मात्र रेबिजविरुद्धको खोप लगाइनेछ । यसअघि खोप लगाइसकिएको जनावरलाई भने पुनः खोप नलगाइने गाउँपालिकाले स्पष्ट पारेको छ ।

 

गाउँपालिकाले सम्बन्धित सबै वडा कार्यालयमार्फत सूचना जारी गर्दै जनतालाई आफ्ना घरपालुवा जनावर खोप लगाउन शिविरमा उपस्थित गराउन आग्रह गरेको छ ।