पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौसमः देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपातको पूर्वानुमान

चिन्तन खबर

काठमाडौं । देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ। कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशीका केही स्थानहरूमा र मधेश, बागमतीलगायतका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको मौसमको अनुमानअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली हुने अपेक्षा गरिएको छ।

राति कोशीका थोरै स्थानमा तथा मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा एकरदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।