पत्रकार युद्धबहादुर बोहोरा ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् । इलाम जिल्लाबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम नयाँ बुलन्द डटकमको नवौं वार्षिकोत्सवको अवसरमा बोहोरालाई नगद दश हजार, खादा र प्रशंसा–पत्र सहित सम्मान गरिएको हो । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कार यस वर्ष पत्रकार बोहोराले प्रदान गरिएको नयाँ बुलन्द अनलाइनका सम्पादक तथा संचालक राम योङहाङले बताए ।
बोहोरालाई इलामको फाकफोकथुम गाउँपालिका आमचोकको सभाहलमा आयोजित वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको थियो । सो अवसरमा नयाँ बुलन्द डटकमका सम्पादक तथा सञ्चालक राम योङहाङ र गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले सयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । पाँचथर र इलामको सीमावर्ती घुर्विसे पञ्चमी बजारलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय बोहोरा एक दशकदेखि बिभिन्न संचार माध्यममा आवद्ध छन ।
फाकफोकथुम गाउँपालिकाको बिभिन्न संचार माध्यममा खबर सम्प्रेसण गरी सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बोहोराको प्रशंसा गरेका थिए । गाउँपालिकाले पत्रकार र मिडिया हाउसलाई सम्वोधन गर्न सञ्चार ऐन ल्याएर कार्यान्वय गर्दै आएको खनालको भनाइ छ । कार्यक्रममा उपाध्यक्ष कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, जनप्रतिनिधि कर्मचार र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया