पाँचथर । पाँचथर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पहिलोपटक ‘सुम्हात्लुङ कप’ ब्याडमिन्टन प्रतियोगिता आगामी असार ५ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता असार ७ गतेसम्म फिदिमस्थित जिल्ला समन्वय समितिको कोर्टमा सञ्चालन हुनेछ।
प्रतियोगितामा पुरुष युगल, महिला युगल, यु–१५ छात्र तथा छात्रा एकल, १०० वर्ष माथिको भेट्रान्स युगल (खुला), अन्तर जिल्ला पुरुष युगल तथा खुला मिश्रित युगल गरी कुल ७ विधामा प्रतिस्पर्धा हुने आयोजक पाँचथर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो ।
करिब १० लाख रुपैयाँको लागतमा आयोजना हुने प्रतियोगितामा विजेता खेलाडी तथा टोलीहरूलाई आकर्षक नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ।
पुरस्कार विवरण यस प्रकार छन्ः
पुरुष युगलः
- प्रथम पुरस्कारः रु ५१,०००
- द्वितीयः रु २५,०००
- तृतीयः रु १२,५००
महिला युगलः
- प्रथमः रु ३०,०००
- द्वितीयः रु १५,०००
- तृतीयः रु ७,५००
अन्तर जिल्ला पुरुष युगलः
- प्रथमः रु २०,०००
- द्वितीयः रु १०,०००
- तृतीयः रु ५,०००
यु–१५ छात्र÷छात्रा एकलः
- प्रथमः रु १५,०००
- द्वितीयः रु १०,०००
- तृतीयः रु ५,०००
१०० वर्ष माथिको भेट्रान्स युगल
- प्रथमः रु ३०,०००
- द्वितीयः रु १५,०००
- तृतीयः रु १०,०००
खुला मिश्रित युगलः
- प्रथमः रु ३०,०००
- द्वितीयः रु १५,०००
- तृतीयः रु ७,५००
प्रतियोगिता विश्व ब्याडमिन्टन महासंघ, एशियन ब्याडमिन्टन महासंघ तथा नेपाल ब्याडमिन्टन संघको नियमावली अनुसार सञ्चालन गरिनेछ।
नेपाल ब्याडमिन्टन संघसँग आवद्ध विभिन्न जिल्ला, क्लब तथा अन्य समुहबाट करिब २०० खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको अन्तिम तथा निर्णायक खेल असार ७ गते हुनेछ।
प्रतिक्रिया