फिदिम । पाँचथर जिल्लामा पर्ने मेचि राजमार्गमा अन्तरर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन बेलिब्रिज भाँचिँदा घाइतेहरुको रेफर गरिएको छ ।
पाँचथरमा उपचार सम्भव नभए बिराटनगरको नोभल अस्पतालमा रेफर गरिएको अस्पतालले जानकारी दिएको छ ।
शनिबार साँझ करिब ६ः२० बजे पुल भाँचिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रनाउ कौशल कुमार बुढाथोकीको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरी उद्दार गरिएको थियो।
घाइते कामदारहरूलाई तत्काल उद्धार गरी फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा उपचारका लागि लगिएको र हाल उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी रहेका छन्।
प्राप्त जानकारी अनुसार रूपलाल, राजन, राकेश र भुलेश्वर चौधरीको अवस्था गम्भीर रहेको र उनीहरू बोल्न नसक्ने अवस्थामा छन्। त्यस्तै भुलेश्वरको दायाँ खुट्टा भाँचिएको छ भने अन्य तीनजनालाई बाहिरी चोट नदेखिए पनि अवस्था चिन्ताजनक छ। प्रकाश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
अभिषेक चौधरीको टाउकोमा चोट लागेका कारण अवस्था पनि मध्यम रहेको प्रहरीे जनाएको छ ।
उनीहरुको उपचार जिल्ला अस्पताल पाँचथरमा सम्भव नहुने भएपछि विराटनगर रेफर गरिएको हो ।
तस्वीरः गजेन्द्र तुम्बापो
प्रतिक्रिया