पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिका–११ खुङखोला टारीस्थित तिततिरे दिमिरे फलाटे जल उपभोक्ता समितिको कुलो मर्मत कार्यका क्रममा एक युवकको ज्यान गएको छ।
बिहीबार साँझ कुलोमा प्लास्टर गर्ने क्रममा फिदिम–१३ ओखरबोटे निवासी २४ वर्षीय राजकुमार नेम्वाङ अचानक चिप्लिएर करिब २० मिटर तल खोलामा खस्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घटनाको जानकारी पाउना साथ प्रहरी चौकी नागिनलाई प्राप्त भएपछि प्रहरी निरीक्षक पुष्पलाल मिश्रको कमाण्डमा दुई जना प्रहरीको टोली खटिएको थियो। घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक ख्यामराज घिमिरेको नेतृत्वमाटोली समेत घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिएको थियो।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया