मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा देवरले भाउजूको वीभत्स हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खड्काका अनुसार बिहीबार दिउँसो सवा २ बजे ५० वर्षीया तुलमाया गोपालीको हत्या भएको हो।
उनीमाथि ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। देवर नातामा पर्ने जीवन छिमेकमै बस्ने व्यक्ति हुन्।
“खुकुरीले टाउको र घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो,” एसपी खड्काले जानकारी दिए, “हत्या गरेपछि जीवन फरार भएका थिए।”
घटनाको जानकारी पाउँदै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो ।
प्रतिक्रिया