पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारी एमाले राजनीतिमा सक्रिय, भन्नुहुन्छ – पुनः जोडिएको छु र यसमा म गर्व गर्छु

चिन्तन खबर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनः संलग्न भएको औपचारिक घोषणा गर्नुभएको छ।

मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले एमाले परिवारमा पुनः जोडिएको जानकारी दिनुभयो।

‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। मेरो कुनै विशिष्ट व्यक्तिगत महत्वाकांक्षा छैन,’ भण्डारीले भन्नुभयो।

उहाँले राष्ट्र र जनताको हित नै आफ्नो प्रमुख ध्येय रहेको उल्लेख गर्दै जननेता मदन भण्डारीका विचारहरू स्मरण गर्नुभयो। जनता भनेका भगवान हुन्, र राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन भन्ने मदन भण्डारीको भनाइ उद्धृत गर्दै उहाँले ती आदर्शलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाउनुभयो।

राजनीतिक यात्रा सहज नरहेको बताउँदै उहाँले विगतका उतारचढावले आफूलाई धेरै कुरा सिकाएको र थप परिपक्व बनाएको समेत बताउनुभयो।