फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको यासोकमा जैविक विविधता तथा जलाधार व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । यासोक बजारको सिम्रिक होटलको सभाहलमा भएको तालिमका सहभागीहरुलाई वन व्यवस्थापन, बन्यजन्तुको संरक्षण र जैविक विविधताको विषयमा सहजीकरण गरिएको थियो ।
सामुदायिक वनमा वृक्षारोपण, पानीको मुहना संरक्षण, सिमसार क्षेत्रको पहिचान तथा संरक्षण, पर्यटन र ऐतिहासिक क्षेत्रको संरक्षण लगायतको बिषयमा सहभागीहरुलाई पुर्व डिभिजन वन कार्यालय प्रमुख बद्रि कार्की, वन बातावरण बिज्ञ बाबुराम कार्कीले सहजिकरण गर्नुभएको थियो । सव डिभिजन वन कार्यालय यासोकको समन्वयमा डिभिजन वन कार्यालय पाँचथरले तालिमको आयोजना गरेको हो ।
सामुदायिक र कबुलेती वनका २३ जना सहभागी, अथिति र सहभागीहरुले यासोक बजारमा वृक्षारोपण समेत गरेका थिए । कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा सव डिभिजन वन कार्यालय यासोक प्रमुख चन्द्रकान्त झा, सामुदायिक वन उपभोत्ता महासंघ कोशी प्रदेश सचिव देवी प्रसाद न्यौपाने र जिल्ला अध्यक्ष राजेन्द्र काफ्लेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया