काठमाडौं । सोमबार राति नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोलामा आएको भीषण बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको छ । सशस्त्र प्रहरी बलले दिएको पछिल्लो जानकारी अनुसार बेपत्तामध्ये तीन जना सुरक्षाकर्मी र छ जना चिनियाँ नागरिकसमेत छन्।
दिउँसो ३ः५० बजेको अपडेटअनुसार गोरखा पालुङटार–६ निवासी डिलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका पुष्टि भएको छ।
हालसम्म ५१ पुरुष र ४ महिला गरी कुल ५५ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। प्रहरी, सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली घटनास्थलमा परिचालित छ।
बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको पुष्टि भएको छ। बाढीको थप क्षति र बेपत्ता व्यक्तिको खोजीका लागि उद्धार कार्य तीव्र पारिएको छ।
प्रतिक्रिया