पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृतकको पहिचान खुल्यो, कुम्मायकका त्रिखत्री रहेको पुष्टि


पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ को सुलुम्फि स्थीत देउराली भिरमा बेवारिसे अवस्थामा भेटिएको सवको पहिचान खुलेको छ । बेवारिसे अवस्थामा भेटिएको सव कुम्मायक–१ यासोक बजारका ३५ वर्षीय किरण त्रिखत्री रहेकोे पुष्टी भएको छ । मृतकको झोलाबाट नागरिकता सहित परिचय खुल्ने कागजपत्र भेटिएपछि सवको पहिचान खुलेको हो ।

सडकदेखि १ सय मिटर मुनीको झाडीमा बेवारिसे सव भेटिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय यासोक र स्थानीयको टोलिले सवको पहिचान गरेको थियो । सोही आधारमा १५ दिनदेखि सम्पर्क बिहिन भएका त्रिखत्री सव फेला परेको हो । त्रिखत्रीको सव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम पठाइएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।