काठमाडौं । काठमाडौंको वत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको प्राङ्गणमा २१ जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वद्वारा प्रवचन कार्यक्रम जारी छ । “सर्बोत्कृष्ट जीवन, शाश्वत चिन्तन” भन्ने मूल भावका साथ सुरु गरिएको उक्त अभियान श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा सर्ववृद्धि समितिको सहयोगमा आयोजना गरिएको हो ।
“दिशा बदलौं, दशा बदलिन्छ” भन्ने मूल सन्देशसहित युवालाई आत्म–विकास र जीवन व्यवस्थापनतर्फ उन्मुख गराउने उद्देश्यले असार २६ गतेदेखि सुरु भएको कार्यशालामा देशभरका विशिष्ट विज्ञ, शिक्षाविद् र चिन्तकहरूले प्रवचन दिइरहनुभएको श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार समितिका कार्यालय सचिव बसन्त खड्काले जानकारी दिनुभयो ।
संयोजक संस्था सर्बोत्कृष्ट जीवन शाश्वत चिन्तन ‘साँचो जीवन निर्माण अभियान’का अनुसार कार्यक्रम साउन ४ गतेसम्म चल्नेछ । कार्यक्रमको उद्घाटन डा. गोविन्द टण्डनले गर्नुभएको थियो । उहाँले “दिशा बदलौं, दशा बदलिन्छ” शीर्षकमा पहिलो प्रवचन दिनुभयो । सोही दिन प्रा.ज्ञाननिष्ठ ज्ञवालीले “आत्म व्यवस्थापनः सफलताको रहस्य” विषयमा आफ्ना विचार प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रमप्रति सहभागी युवा–युवतीहरूमा गहिरो उत्साह देखिएको छ । सहभागीहरूले जीवनमा सकारात्मक परिवर्तन र आत्मनिर्माणका लागि यो कार्यक्रम अत्यन्त प्रेरणादायी रहेको प्रतिक्रिया दिनुभएको छ ।
सूचीमा हेर्नुहोस को को विज्ञहरुले दिदै हुनुहुन्छ प्रवचनः
प्रतिक्रिया