फिदिम, पाँचथर । पाँचथरको सदरमुकाम फिदिमस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको आरोपमा पाँच जना युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार शनिबार राति फिदिम बजारको मेनरोडस्थित होटलमा जबरजस्ती करणी भएको भन्दै ती पीडित युवतीले उजुरी दिएकी थिइन्। उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पाँच युवालाई पक्राउ गरेको हो।
पाँचथरका प्रहरी निरीक्षक रुपेस तामाङका अनुसार विवश खड्का झापा, अंकित शर्मा झापा, अनिल योङहाङ जिल्ला पाँचथर, संजय तामाङ जिल्ला पाँचथर, र उमेश तामाङलाई पक्राउ गरिएको हो ।
चिनेकै मान्छेले होटलमा बोलाएपछी युवती त्यहाँ पुगेकी बुझिएको छ । युवतीले जाहेरी दिएका मध्ये पाँचथर कुम्मायक ४ का उमेस तामाङ संग पुरानै चिनजान भएको थियो ।
उनै तामाङको विश्वास गरेर होटल पुग्दा आफू सामूहिक बलत्कारमा परेको भन्दै युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राति सँगै बसेका उनीहरुलाई रातको १२ बजेको समयमा एक युवाले सटर खोल्न लगाएर बाहिर छाडिदिएका थिए ।
ती युवतीले रातिनै गस्तीमा रहेको प्रहरी टोली मार्फत युवतीले सहयोगको याचाना गरेकी थिइन् ।
पक्राउ परेकाहरुमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया