पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘दिशा बदलौं, दशा बदलिन्छ’ गोष्ठी सम्पन्न – ११ दिने कार्यशालाबाट युवालाई जीवन रूपान्तरणको सन्देश

चिन्तन खबर

काठमाडौं । ‘दिशा बदलौं, दशा बदलिन्छ’ भन्ने मूल उद्देश्यका साथ युवालाई आत्म–विकास र जीवन व्यवस्थापनतर्फ उन्मुख गराउने उद्देश्यले असार २६ गतेदेखि सुरु भएको ११ दिवसीय कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ।

देशभरका विशिष्ट विज्ञ, शिक्षाविद् तथा चिन्तकहरूले प्रवचन दिएका उक्त कार्यक्रम काठमाडौंको वत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रमको ११ दिनसम्म  २१ जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले विभिन्न विद्यामा प्रवचन दिनुभएको थियो।

‘सर्बोत्कृष्ट जीवन, शाश्वत चिन्तन’ भन्ने मूल भाव बोकेको साँचो जीवन निर्माण अभियान नामक संस्थाले यो कार्यक्रम आयोजना गरेको हो। संस्थाका अभियन्ताहरूले विश्व शान्ति, अहिंसा तथा जीवन निर्माणका विषयहरूलाई उठान गर्दै शान्तिको मार्गमा हिँड्न युवालाई प्रेरित गरिरहेको जानकारी दिनुभएको छ।

श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा संवर्धन समितिको सहयोगमा सम्पन्न कार्यक्रम सम्पन्न भएको मन्दिरका कार्यालय सचिव बसन्त खड्काले जानकारी दिनुभयो।

कार्यक्रमको समापन समारोहमा डा. गोविन्द टण्डनले विज्ञवत्ता र सहभागिहरुहरूलाई अभिनन्दन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो। अभिनन्दन पश्चात कार्यक्रम सम्पान गर्दै डा. टण्डनले भन्नुभयो– ‘हामी समाज बनेन, देश बनेन भन्छौं, बन्न धेरै बनेको छ जति हुनुपर्ने हो भएको छैन त्यसका लागि संस्कार चाहिन्छ, त्यसका लागि ठाउँ चाहिन्छ । हामिले असल मान्छेलाई संसदमा पठाइरहेको छैनौं । खराब मान्छेले मात्र जित्छन् । वडा सदस्य हुन करोडौ खर्च गर्छन । त्यसो भएपछि देशमा कहाँ काम हुन्छ ? ’ उहाँले थप्नुभयो – ‘ हाम्रो देश चलाउन विषको बोट रोपिरहेका छौं । अनि अमृतको आशा गरिरहेका छौं । त्यो सम्भाव छैन । त्यसैले राज्यसहित समग्र पक्षले दिशा बदलेर दशा परिवर्तन गर्ने हो भने सम्भव छ नभए सम्भव छैन ।’ त्यसका लागि हामी जो जता छौं, जुन पेशामा छौं त्यसैबाट असल कर्मको थालनि आवश्यक रहेको उहाँको भनाई छ ।

 

११ दिनसम्म चलेको कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले जीवन रूपान्तरणका लागि महत्वपूर्ण शिक्षा र प्रेरणा प्राप्त गरेको अनुभव बाँडेका छन्। कार्यक्रममा सहभागि आइपी आचार्यले ११ दिनको कम समयमा पनि विज्ञवत्ताहरुबाट जिवन रुपान्तरका लागि अथाहा ज्ञान पाइएको बताउनुभयो ।

कार्यक्रममा डा. गोविन्द टण्डन, ज्ञाननिष्ठ ज्ञवाली, प्रा.विनोद शर्मा, छेवाङकर्मा तामाङ, शुभदाश सावेव, शुरेशप्रकाश आचार्य, डा.यामप्रशाद शर्मा, डा. रमेश पोखरेल,, डा.नेत्रप्रशाद आचार्य, ध्रुवप्रशाद भट्टराई, किशोर थापा, राजेन्द्र न्यौपाने, डम. चक्रपाणि लुईटेल, राम तिवारी, सुरेशमान श्रेष्ठ, जविराम भण्डारी, प्रेम आनन्द, माधव उपाध्याय, कृष्ण गुरुङ रथी सिताराम खड्का, विष्णु न्यौपानेले विविन्न विद्यामा आफ्ना धारणासहित ११ दिनको कार्यक्रममा प्रवचन दिनुभएको थियो ।

कार्यक्रममा रामचन्द्रमन्दिर समिति, रामचन्द्र निजी गुठी, 360 films लगायतले सहयोग गरेका थिए ।