पाँचथर । पाँचथरको हेवाखोलाको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध हुँदा बिरामीलाई बोकेर बारपार गराइएको दृष्य सार्वजनीक भएको छ । बाढीका कारण पुल बगेपछि सडक सञ्जाल अवरुद्ध हुँदा, स्थानीयवासी र नेपाल प्रहरीको टोलीले आपतकालीन परिस्थितिमा बिरामीलाई बोकेर खोलाको वारीबाट पारीसम्म पुर्याएको मार्मिक दृश्य सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा सार्वजनीक भएको तस्वीरमा उद्धार गरिएको व्यक्ति घाइते छन् र उनको खुट्टामा फलामे स्टेन्ड बाँधिएको देखिन्छ। उनलाई सहज अस्पाताल जान शास्ति परेको देखिन्छ । यहाँ पुल नबन्दा प्रहरी र स्थानीयले बिरामीलाई बोकेर खोला तारेको दृष्य देखिन्छ ।
तस्वीरमा देखिए अनुसार विरामीलाई खोला तार्न डोजरको सहायता लिइएको देखिन्छ । हेवामा दुःख २०८० सालदेखि बाट दुई जिल्लाले सास्ति भोगिरहेका छन् । २०५१ सालमा बनाइएको ४५ दशमलव ५२ मिटरको पुल २०८० असार पहिलो साता बाढीले बगाएको थियो । पक्कि पुल बगाएपछि त्यहाँ बेलिब्रिज बनाइएको थियो पछि फेरि त्यो पुल पनि २०८१ असोज–१२ गतेको बाढीले बगायो ।
बेलिब्रिज पनि बगाएपछि ७० मिटर लामो मुडुलर ब्रिज बनाउन काम अघि बढ्यो । काम अन्तिम चरणमा पुगेको बेला जेठ ३१ भाँचिएर तीन जनाको मृत्यु भयो भने तीन जना घाइते भए । उक्त वेलिबब्रिज दुर्घटनामा परेपछि फेरि काम अघि बढाइइएको थियो तर विभिन्न कारण देखाउदै पुल बन्न सकेको छैन ।
अस्थायी डाईभर्सन माथि बाढी बढेको छ । गाडी चल्न सम्भावना अन्योल रहेको छ । जसका कारण ताप्लेजुङ जिल्लासँगको सम्पर्क टुट्न पुगेको छ भने मानिसहरुले शास्ति भोगिरहेका छन् ।
प्रतिक्रिया