पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदको लोभले म पार्टीमा आबद्ध भएको हाइन्ः विद्या भण्डारी

चिन्तन खबर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै पदमा पुग्ने लोभले सक्रिय राजनीतिमा संलग्न नभएको स्पष्ट पार्नुभएको छ । उहाँले आज राजधानीमा पत्रकार सम्मेलन गरी उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो , ‘मुलुकको सर्वोच्च पद राष्ट्रपति भएर मैले इतिहासमा नाम दर्ज गराइसकेकी छु।’

कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा, आशक्ति आफूमा नरहेको पनि उनले बताउनुभयो ।

सदस्यता नवीकरण गर्नुको उद्देश्य पनि नेकपा एमालेमा आबद्ध भएर सक्रिय रहनु रहेको उहाँले बताउनुभयो । उहाँले पार्टी सदस्यता नवीकरण गरेको विषय असार १४ गते नै सार्वजनिक गरेको पनि बताउनुभयो । उहाँले, ‘नेकपा एमालेका केन्द्रीय समितिसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यताका विषयमा सञ्चारमाध्यमबाट थाहा पाएँ।’ उनले आफ्नो पार्टी सदस्यताका विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण छलफल भएको जानकारी दिनुभयो ।

भण्डारीले आफूले साथै उनले आफ्नो सदस्यताका नवीकरण र पार्टीमा आफ्नो जिम्मेवारीबारेमा अन्य नेताहरूसँग पटकपटक कुराकानी हुँदै आएको पनि बताउनुभयो । उहाँले भननुभयो, ‘मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिवत् ढंगले सदस्यता नवीकरण गरेको, यसै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ।’ उहाँले पार्टीले आफ्नो सदस्यता नवीकरण नगेरको विषयमा पार्टी बैठकले निर्णय गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताउनुभयो ।

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।’ आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरी राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प लिएको भण्डारीको भनाइ छ।