पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजारको फोहोर उठेन, सडकमा फोहोर फालेको भन्दै स्थानीयको गुनासो


पाँचथर ‍‍। पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारको फोहोर नउठ्दा व्यवसायी मारमा परेका छन । सडक किनार र पसल अगाडी थुप्रिएका फोहोरका कारण व्यापारी र उपभोक्ता दुवै प्रभावित भएका छन् । लामो समयदेखि फोहोर नउठ्दा सडक पेटी बजार आसपास फोहोर थुप्रिएको छ । व्यवसायीले कतिपय फोहोर बोरामा लामो समयदेखि राख्दै आएका छन । फोहोर व्यवस्थापन नहुदा राखेको स्थानमै फोहोर कुहिन थालेपछि बजारमा दुर्गन्ध फैलिने जोखिम बढेको छ।

यता यासोक बजारको फोहोर व्यवस्थापन नहुँदा बजारको फोहोर जथाभावी फाल्न थालिएको छ । बजारको फोहोर कुम्मायक–१ को साविक–३ को सभाहलको भवन अगाडीको सडकमा फालिएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन ।
बजारको फोहोर व्यवस्थापन नहुँदा ट्याक्टरले सडकमा फाहोर फालेर गएको छ ।

यसले गर्दा गाउँमा दुर्गन्ध फैलिएको टोल संयोजक सुरेन्द्र तामाङले बताए । गाउँपालिकाले ट्याक्टर संचालनमा रोक लगाए पनि नियमित यासोक–साँवा सेरा सडकमा आवतजावत गर्दै आएका छन । सोही ट्याक्टरले भवन अगाडीको सडकमा फोहोर फालेर गएको छ । यो विषयमा गाउँपालिकाले चासो दिनुपर्छ तामाङले भने ।

फोहोर फालिएको विषयमा सोही टोलका स्थानीयले सामुहिक रुपमा वडा र गाउँपालिकामा जानकारी गराउँने भएका छन । स्थानीयको उपस्थितिमा हस्ताक्षर संकलन गरी वडा र गाउँपालिकालाई ध्यानाकर्षण गराउँने स्थानीयले बताएका छन

लामो समयदेखि फोहोर व्यवस्थापन गर्न नसकेको गाउँपालिकाले बिभिन्न प्रयास गर्दै आएको छ । फोहोर व्यवस्थापनको लागि पहल गर्दै आएपनि सफल हुन नसकेको गाउँपालिकाले चालु आर्थिक वर्षमा भने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने जनाएको छ ।