यासोक–हरितालिका तिजको अवसरमा पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा तिज विषेश कार्यक्रम मनाइएको छ । त्रिशाली महिला कृषि सहकारी संस्थाको आयोजनामा तिज विषेश कार्यक्रम मनाइएको हो ।
तिज विषेश कार्यक्रममा सहभागी हुन गाउँ–गाउँबाट महिलाहरु सहभागी भएका थिए । कार्यक्रममा सङ्गिनी, धाननाच र म्युजिकल चियर जस्ता कार्यक्रमहरु संचालन भएको सहकारी संस्थाको व्यावस्थापक देशु चेम्जोङले बताउनुभयो ।
महिला सहकारीले वर्षेनी तिज बिषेश कार्यक्रम संचालन गर्दै आएको छ । हरियो चुरा र रातो साडीमा सहिजएका महिलाहरुले तिज गीतहरुमा नाचेर रमाइलो गरेका थिए । कार्यक्रम सहकारी संस्था अध्यक्ष उमादेवी चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया