पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानसर पीडित सेर्मालाई प्रवासीको सहयोग


पाँचथर। पाँचथरका क्यानसर पीडित पत्रकार कविन्द्र सेर्माको उपचारको लागि प्रवासी नेपालीहरुले सहयोग गरेका छन । सेर्माको उपचारको लागि मलेसिया र पोल्याण्डका नेपालीहरुले १ लाख ५८ हजार ७७९ रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।

कुम्मायक गाउँपालिका यासोकमा मंगलवार सेर्माका भाइ कमल सेर्मालाई सहयोग रकम हस्तान्त्रण गरिएको फाक्चुवा आविका प्रध्यानाध्यापक मोहन प्रसाद लावतीले जानकारी दिनुभयो ।
माङजाबुङ प्रवास मलेसियाबाट समाजसेवी अर्जुन लावतीको समन्वयमा १ लाख १ हजार २२२ रुपैयाँ संकलन भएको थियो । त्यस्तै पोल्याण्डबाट दिपाल र दिपेन्द्र लावतीको अगुवाईमा ५७ हजार ५५७ रुपैयाँ संकलन गरिएको थियो ।

सहयोग रकम गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती र वडाअध्यक्ष देबेन्द्रकुमार लावती मार्फत सेर्माको भाई कमल सेर्मालाई हस्तान्त्रण गरिएको थियो ।
कमजोर आर्थिक अवस्थाका पत्रकार सेर्मा विगत लामो समयदेखि क्यानसर रोगबाट पीडित छन । दाताको सहयोगबाट उपचार गर्दै आउनुभएका सेर्माले सहयोगको अपिल गर्दै आउनु भएको छ । हाल उहाँको भक्तपुर क्यानसर अस्पताल काठमाडौंमा उपचार हुदै आएको छ ।