पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कियाचुको स्थापना दिवस, भाषा र संस्कृतिको संरक्षणमा जोड


यासोक । लिम्बु समुदायको भाषा र सस्कृति हराउँदै गएको प्रति चिन्ता व्यक्त गरिएको छ । पछिल्लो समय आधुनिकताले समुदायमा लिम्बु भेषभुषा, रितिरिवाज, कला सस्कृति र भाषा संकलटमा परेको प्रति चिन्ता व्यक्त गरिएको हो । किराँत याक्थुङ चुम्लुङको ३७ औं स्थापना दिवसको अवसरमा कुम्मायक गाउँपालिका केन्द्रको यासोकमा आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

लिम्बु भाषा लिपि धर्म सस्कार सस्कृति र पहिचान संरक्षण सम्बद्र्धनका लागि विशुद्ध सस्था किराँत याक्थुङ चुम्लुङलाइ आम लिम्बु समुदाय तथा गैर लिम्बुको सधैं सबैको साथ सहयोग हुनुपर्ने स्थानीय प्रेम सम्बाहाम्फेले बताए । संघ सरकारबाट किराँत याक्थुङ चुम्लुङ्लाइ अब छुट्टै बजेट ब्याबस्थापन गर्नुपर्ने पनि सम्बाहाम्फेको भनाइ थियो । कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ र ४ का केहि बिधालयमा पठनपाठन गराइरहेका शिक्षकहरुले स्थानीय सरकारद्वारा पाठ्यपुस्तक निर्माण नगरेकोले बिद्यार्थीलाइ पढाउन असहज भएको शिक्षिका निरा सम्बाहाम्फेले बताइन ।

छुट्टै लिम्बुवान प्रान्तको माग गर्ने तर धर्म र लिपी सम्बन्धि सामाजिक संजालमा विवाद गर्नाले समग्र लिम्बुजातिको नकरात्मक सन्देश प्रवाह हुने गरेको सिद्ध माविका प्र.अ नरेन्द्र सम्बाहाम्फेले बताए । युमा, किराँत र सत्यहाङ धर्म जुन नामदेखि पुकारे पनि एउटै इस्वर भएको किरात याक्थुङ चुम्लुङका पुर्व केन्द्रिय सदस्य गणेशकुमार चेम्जोङले बताए ।

कार्यक्रमको विषेश अथिति कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले लिम्बु भाषाको संरक्षण गर्न गाउँपालिकामा लिम्बु भाषाको पाठ्यक्रम निर्माण गरी पठनपाठन हुदै आएको बताए । वडामा मगर समुदायको रोधीघर समेत निर्माण भएको भन्दै कियाचु अलि सकृय हुनुपर्ने सुझाव दिए । गाउँपालिका अध्यक्ष वमप्रसाद लावतीको प्रमुख आथित्यतामा साथै कियाचु अध्यक्ष तारानाथ सम्बाहाम्फेको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।