काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीको जनबर्गीय संगठनको तर्फबाट पाँचथर कुम्मायक ४ रानीगाउँका देवेन्द्र सम्बाहाम्फे समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् रिटर्नी सेन्टर नेपालको अध्यक्ष रहेका सम्बाहाङफे १ नम्बरमा सिफारिस भएका हुन् ।
सम्बाहाम्फे रिटर्नी सेन्टर नेपालका सस्थापक संयोजक र अध्यक्ष हुन् । वैदेशिक रोजगारीलाई वैज्ञानिकीकरण गर्नुपर्ने र वैदेशिक रोजागारबात फर्किएकाहरुको सामाजिक ,आर्थिक र राजनैतिक पुनस्थापना गर्न अभियान संचालन गर्दै आएका सम्बाहाम्फे नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र कोशी प्रदेशका संयोजक हर्क नेम्बाङ ’मिक्सो’ र संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ नजिक मानिन्छन ।
प्रचण्ड प्रधानमन्त्री हुँदा सम्बाहाङफेले १ लाख रिटर्नीलाई आत्मनिभर बनाउन सरकारको नीति तथा र्कायक्रममा ७ अर्ब रुपैयाँ बजेट पहल गरेका थिए । सम्बाहाम्फेले कान्तिपुर दैनिकमा आवद्ध रहेर पत्रकारी समेत गरेका थिए । उनि पृथ्वी उच्च माध्यमिक बिद्यालयका अध्यापक र यासोक क्याम्पसका सस्थापक सहयोगी समेत हुन् ।






प्रतिक्रिया