पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रम संस्कृति पाटी कुम्मायकको अध्यक्षमा लावती


यासोक । श्रम संस्कृति पार्टीको कुम्मायक गाउँपालिका कार्यसमिति अध्यक्षमा साइमन लावती चयन हुनुभएको छ । गाउँपालिकाको सभाहलमा बुधवार सम्पन्न पाटीको भेलाले साइमन लावतीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष नरेन्द्र सम्बाहाम्फे, देउ कुमार लावती, आशिष् देवान रहनु भएको छ । सचिव पुजन परियार, सहसचिव हरि बहादुर शेर्मा, कोषाध्यक्ष दक्षिणा सम्बाहाम्फे र सह–कोषाध्यक्ष मोतिराम चेम्जोङ सहित ३५ सदस्य कार्य समिति गठन गरिएको छ ।

नवगठित समितिको मुख्य सल्लाहकारमा गणेश नेम्बाङ, नेत्र सम्बाहाङ्फे, सूर्य दीप सम्बाहाङ्फे, पदम सुखी सम्बाहाङ्फे, तेज बहादुर सम्बाहाङ्फे रहेका छन । त्यस्तै मन हर्क लावती, बिर्ख देवान, ललित बहादुर लावती, खुम प्रसाद बि.क. र प्रेम शुन्दर चेम्जोङलाई चयन गरेको जिल्ला उपाध्यक्ष लाबाहाङ चेम्जोङले जानकारी दिनुभयो । नवगठित कार्यसमितिले श्रम संस्कृतिको प्रवद्र्धन, संगठन विस्तार तथा कुम्मायक गाउँपालिकाभित्र पार्टी गतिविधिलाई अझ प्रभावकारी बनाउने जिल्ला सह–सचिव तेजेन्द्र चेम्जोङले बताउनुभयो ।

भेलामा पार्टीका केन्द्रीय सचिव ब्रबिम शेर्मा, जिल्ला अध्यक्ष प्रबिण राई, उपाध्यक्ष लाबाहाङ चेम्जोङ, जिल्ला सचिव अर्जुन हाङ राई, प्रवक्ता बिस्वराज आङ्देम्बेको उपस्थिति रहेको थियो । कार्यक्रम नेत्र बहादुर सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।