पाँचथर । हाम्रो सहारा पाँचथरले पर्यटकीय क्षेत्र तिजोकमा फोहोर संकलन गर्ने डस्विन बितरण गरेको छ । फाल्गुनन्द गाउँपालिका–१ को तिजोकमा फोहोर संकलन गर्ने उदेश्यले तिजोक पर्यटन तथा प्रर्वदन विकास क्षेत्रका अध्यक्ष राज दिलाञ्जलीलाई ५ थान डस्विन हस्तान्त्रण गरेको हो । हाम्रो सहाराको टोलीले धार्मिक र पर्यटकीय क्षेत्र तिजोकको सरसफाइ गरी डस्विन हस्तान्त्रण गरेको थियो ।
फाल्गुनन्द–१ र फिदिम नगरपालिका–६ को संगम स्थलमा पर्ने तिजोकमा आन्तरिक र बाह्य पर्यटकहरु घुम्न पुग्ने गरेका छन । घुम्न पुग्ने पर्यटकहरुले गर्ने फोहोरलाई थप व्यवस्थित गर्न डस्विन बितरण गरेको हाम्रो सहारा पाँचथरका अध्यक्ष गजेन्द्र राईले जानकारी दिनुभयो ।
२०८२ साल असोजमा स्थापना भएको सहारा पाँचथरले प्राकृतिक विपत्तिमा परेका नागरिक, गरिव, विपन्न र अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले धार्मिक र पर्यटकीय महत्व बोकेको तिजोकमा डस्विन हस्तान्त्रण गरेको थियो । सहाराले हस्तान्त्रण गरेको डस्विन बिभिन्न स्थानमा राखिएको दिलान्जलीले जानकारी दिनुभयो ।






प्रतिक्रिया