यासोक । नेकपा (एमाले) पाँचथर इन्चार्जको जिम्मेवारी संविधान सभा सदस्य अइन्द्रसुन्दर नेम्वाङलाई तोकिएको छ । नेकपा (एमाले) को मंगलबार आज बसेको पदाधिकारी बैठकले पाटीका केन्द्रिय सदस्य समेत रहेका नेम्वाङलाई इन्चार्जको जिम्मेवारी तोकेको हो ।
पाटीको संगठन बिस्तार र गतिविधिलाई चलायमान बनाउन नेम्वाङलाई इन्चार्जको जिम्मेवारी तोकिएको हो । त्यस्तै कोशी प्रदेश संयोजकमा पाटीका सचिव पूर्वमुख्यमन्त्री शेरधन राईलाई तोकिएको छ । बैठकले सबै प्रदेश संयोजक र जिल्ला इन्चार्जको जिम्मेवारी तोकी पाटीका गतिविधिलाई अघि बढाउन लागेको छ ।






प्रतिक्रिया