पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आङ्बो परिवारलाई नयाँ घर


पाँचथर । आर्थिक रूपमा विपन्न समुदायका नागरिकहरु गाँस, बास र कपासको अभाव खेप्दै आएका छन । जसको मुख्य कारण गरीबि नै हो । तर स्थानीय सरकारको साथ र दाताहरुको बलियो साथले त्यस्ता समस्या समाधान हुने गरेका छन ।

पाँचथरको फिदिम नगरपालिका–१० का ३३ वर्षिय पुर्णकुमार आङ्बोले तीन वर्षदेखि जीर्ण कटेरोमा कष्ठकर जीवन बिताउँदै आउनु भएको थियो । आङ्वो दम्पतीका तीन छोराछोरी सहित पाँच जनाको परिवार अस्थायी कटेरोमा बस्दै आएको थियो । आर्थिक अवस्था कमजोर भएको पीडित परिवारलाई सशस्त्र प्रहरी बल हिमशिखर गुल्म पाँचथरले १३ दिन लगाएर नयाँ घर निर्माण गरेपछि आङ्बो परिवारमा खुसीयाली छाएको छ । घाम पानी छेल्ने घर थिएन, अहिले जनसेवा समाज, फिदिम नगरपालिका, वडा र प्रहरीले घर बनाएपछि खुसी लागेको पुर्णकुमार आङ्बोले बताउनुभयो ।

सशस्त्र प्रहरी बलको २५ औ प्रहरी दिवसको अवसरमा १३ दिनसम्म निशुल्क श्रमगरी तीन कोठे घर निर्माण गरेको थियो । प्रहरीले निर्माण गरेको घर नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बिहिवार पुर्णकुमार र सम्झना आङ्वो दम्पतीलाई हस्तान्त्रण गर्नुभएको थियो । जनसेवा समाजको समन्वय, फिदिम नगरपालिका, १० नम्बर वडा कार्यालय र स्थानीयको सहयोगमा प्रहरीले घर निर्माण गरेको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय शिक्षिका रिता तुम्बापोले आङ्बो परिवारको दयानीय अवस्थाको बारेमा जानकारी गराएपछि १० जना शुरक्षाकर्मी १३ दिनसम्म खटिएर घर निर्माण गरेको गुल्मका प्रमुख डियस्पी चिरन्जिवी प्रसाईले बताउनुभयो ।

घर निर्माणमा २ लाख २५ हजार रुपैयाँ खर्च हुँदा फिदिम नगरपालिकाले ५० हजार सहयोग गरेको थियो । त्यस्तै अन्य रकम देश तथा बिदेशबाट जुटाएको र केही रकम जुट्न बाँकी रहेको वडाअध्यक्ष ओमराज थाम्सुहाङको भनाइ छ । जस्ताको छानो र घेराबारा गरी बनाएको घरमा खाट, ओढ्ने ओछ्याउने लुगाको समेत व्यवस्थापन गरिएको छ । यता फिदिम नगरपालिकाले नगरभित्रका बिपन्न नागरिकको आवस सुविधाको लागि निरन्तर सहयोग गर्दै आएको नगरप्रमुख मित्र प्रसाद काफ्लेले बताउनुभयो ।