पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी मावि यासोकलाई


यासोक । अन्तर मावि स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि यासोकले उचालेको छ । शुक्रवार कुम्मायक गाउँपालिका–४ स्थीत सिद्ध मावि रानीगाउँमा सम्पन्न भएको प्रतियोगितामा पृथ्वी माविले उपाधि उचालेको हो । प्रतियोगितामा सहभागी पाँच वटा माविलाई पछि पार्दै पृथ्वी माविले सबै भन्दा बढि १५ स्वर्ण, १ रजत र ६ कास्य पदक हात पारेको थियो ।

प्रतियोगितामा ५ स्वर्ण, ८ रजत र ३ कास्य पदक सहित कुम्मायक–१ खाल्डे मावि दोस्रो भएको छ । तेस्रो स्थानमा कुम्मायक–५ को महेन्द्रोदय मावि पिपलबोटे भएको छ । महेन्द्रोदय माविले ५ स्वर्ण, ७ रजत र १० कास्य पदकसहित जम्मा २२ पदक प्राप्त गरेको थियो ।

चौथो स्थानमा कुम्मायक–४ को सिद्ध मावि रानीगाउँ भएको छ । सिद्ध माविले ४ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित जम्मा १८ पदक प्राप्त गरेको छ् भने पाँचौँ स्थानमा कुम्मायक–२ को सिद्ध सरस्वती मावि माङ्जाबुङ भएको छ । शिद्ध सरस्वतीले १ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित जम्मा १० पदक जितेको थियो ।

पुष २४ गतेदेखि सुरु भएको प्रतियोगिता गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । प्रतियोगिताको उपाधि चुमेको पृथ्वी मावि र उपविजेता विद्यालयहरुलाई समापन सत्रका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ का वडाअध्यक्ष देवेन्द्र कुमार लावती, ४ का वडाअध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे र शिक्षा शाखा प्रमुख प्रदिप सिं तामाङले पुरस्कार बितरण गर्नु भएको थियो । कुम्मायक गाउँपालिकाको आयोजनामा सिद्ध मावि तिङ्देनले प्रतियोगिता संचालन गरेको थियो ।