पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वरिष्ठ कलाकार सुनिल थापाको निधन

चिन्तन खबर

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।

नेपाली चलचित्र क्षेत्रमा लामो समय योगदान दिनभएका थापा भारतीय चलचित्र उद्योगमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँले विभिन्न नेपाली तथा भारतीय चलचित्रमा अभिनय गर्दै फरक पहिचान बनाउनु भएको थियो ।

थापा काठमाडौंको शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए ।