पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व प्रकाश शर्माको दाबी : ‘चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ’ 

चिन्तन खबर

पाँचथर । नेपाली काङ्ग्रेसका उपसभापति विश्व प्रकाश शर्माले चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

इलाम र पाँचथरको सिमाना राके बजारमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन पछि कांग्रेस पहिलो दल हुने ठोकुवा गर्नुभएको हो।

उहाँले सम्बोधन गर्दै भन्नुभयो – “देशलाई निकास दिनका लागि कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्छ । पहिलो हुने दललाई सरकारको नेतृत्व कांग्रेसको प्रस्ताव रहने छ । दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेस हुन्छ ।”