काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
शुक्रबार दिन ३ लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज ५ हजार ६ सयले बढेर प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।









प्रतिक्रिया