पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रशासनले भन्यो,सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्नू


पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले निर्वाचनमा खटाएका कर्मचारीको विषयमा टिप्पणी नगर्न आग्रह गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन खटाइएका कर्मचारी र उनिहरुको जिम्मेवारी विषयमा टिप्पणी नगर्न जिल्लाका सबै निकायमा कार्यरत कर्मचारीहरुलाई प्रशासनले आग्रह गरेको हो ।
फागुन १२ गते मंगलवार जिल्ला प्रशासन कार्यालय पाँचथरले ध्यानाकर्षण सहितको सुचना जारी गर्दै निर्वाचनमा दिएको जिम्मेवारीका बिषयमा कर्मचारीहरुबाटै सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेको भन्दै अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारी कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीहरुले पद तथा श्रेणी नमिलेको, खटनपटन सन्तुलित नभएको जस्ता गुनासा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु अनुशासनविपरीत भएको उल्लेख छ ।

यस्ता विषयमा असहमति वा गुनासा भए सम्बन्धित निकायमा लिखित वा मौखिक रुपमा जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको हो । निर्वाचनको सन्दर्भमा साना–तिना त्रुटि हुन सक्ने भए पनि त्यसलाई अतिरञ्जित गरी सार्वजनिक मञ्चमा पोस्ट, सेयर, लाइक वा कमेन्ट गर्नु निर्वाचन सम्पन्न गर्ने प्रक्रियामा अवरोध पु¥याउने कार्य हुने उल्लेख छ ।

आचारसंहिताविपरीत गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । निर्वाचन आचारसंहिता २०८२ लाई उद्धृत गर्दै निर्वाचन आयोग नेपालबाट जारी निर्देशिका पालना गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ ।