पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यक्ष कपको उपाधि फाक्तेपलाई


पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सम्पन्न भएको वडा स्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि ५ नम्बर वडा फाक्तेपले जितेको छ । सोमवार फाल्गुनन्द–६ को जयनारायण आर्दश मावि मेहेलबोटेमा सम्पन्न खेलमा फाल्गुनन्द–६ नम्बर वडालाई सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो । उपाधिको लागि ५ नम्बर वडा फाक्तेपले ६ नम्बर वडा विरुद्ध २५–१६, २५–१५ र २५–१९ सोझो सेटको जित निकाल्दै उपाधि उचालेको हो । प्रतियोगिताको विजेता बनेको फाल्गुनन्द–५ नम्बर वडा फाक्तेपले नगद १ लाख ५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

उपविजेता बनेको फाल्गुनन्द–६ आङसराङले नगद ५५ हजार, ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । विजेता तथा उपविजेता टीमलाई कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष वृर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिं नेम्वाङ, प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो पुरस्कार प्रदान बिरतण गर्नुभएको थियो ।

फाल्गुनन्द–५ नम्बर वडाको तर्फबाट वेष्ट प्लेयर देबेन्द्र चेम्जोङ, बेष्ट सेटर जितेन्द्र चेम्जोङ र बेष्ट फरर्वड सुप्रिन्स चेम्जोङ घोषित भए । त्यस्तै फाल्गुनन्द–६ नम्बर वडाको तर्फबाट बेष्ट ब्लकर मिलन कुरुम्वाङ र वेष्ट स्पाइकर सन्दिप लावती हुदै नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिता सफल बनाउँन सहयोग गर्ने वडा, गाउँपालिका र संघसस्थाहरुलाई प्रशंसा पत्र र मायाँको चिनो प्रदान गरिएको थियो । सात टीम सहभागी प्रतियोगिताको आयोजना मेहेलबोटे युवा जागरण क्लव आङसराङले गरेको हो ।