पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्याडमिन्टनको उपाधि तुम्वापो र अधिकारीलाई


यासोक । पाँचथरको फाल्गुनन्द–६ नम्बर वडा कार्यालयको आङसराङमा सम्पन्न खुल्ला डवल व्याडमिन्टन प्रतियोगिताको उपाधि देवी तुम्वापो र दर्पण अधिकारीले हात पारेका छन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुम्वापो र अधिकारीले उपाधिसंगै नगद १२ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिताको दोस्रो पूर्ण सदेम्बा र दिलिप तामाङ हुदै नगद ६ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।

त्यस्तै प्रतियोगिताको ‘सि’ तर्फको टीमबाट आइन्द्र फुयाँल र सुसन फुयाँलको टीम प्रथम हुदै नगद ८ हजार ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । दास्रो वसन्त आङ्देम्बे र विक्रम आङ्देम्बे हुदै नगद ४ हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र हात पारे । प्रतियोगिताको महिला तर्फको उपाधि बिजेता शुसिला र निसुम आङ्देम्बे हुदै नगद ८ हजार रुपैयाँ ट्रफि र प्रमाणपत्र हात पारे ।

त्यसैगरी दोस्रो हुने कमला तिमलसिना र मञ्जु लुइटेललाई नगद ४ हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र हात पारे । प्रतियोगिताको बिजेता र उपविजेता टीमलाई गाउँपालिकाका पुर्व अध्यक्ष वीर बहादुर कुरुम्वाङ र फाल्गुनन्द–६ का वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बेले पुरस्कार बिरतण गर्नुभएको थियो । वडा कार्यालयको आर्थिक सहयोगमा मेहेलबोटे युवा जागरण क्लवले प्रतियोगिताको आयोजना गरेको हो ।