पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरकी सुब्बा समानुपातिक सांसद

पाँचथर  । नेपाल कम्युनिष्ट पाटी (एमाले) ले प्रतिनिधिसभाको समानुपातिक सांसदमा पाँचथरकी भूमिका सुब्बालाई छनोट गरेको छ । आज शनिवार भक्तपुरको गूण्डूस्थित पाटी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले केन्द्रिय सचिवालय बैठकले सुब्बा सहित १६ जना समानुपातिक तर्फको टुङ्गो लगाएको पाटी सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।

आदीवासी जनजाती महिला क्लस्टरबाट सुब्बाको नाम छनोट भएपछि संसदमा पुग्न सहज भएको हो । उहाँ एमालेको भातृ संगठन राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ । सुब्बा पुर्वमन्त्री बसन्त कुमार नेम्वाङ श्रीमती हुनुहुन्छ । समानुपातिक सूचीबाट सामसद भएपछि पाँचथरको प्रतिनिधित्व भएको एमाले कार्यकताहरुले जनाएका छन ।