Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
भारपामा रोकी राखेको स्काभेटरमा आगजनी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

भारपामा रोकी राखेको स्काभेटरमा आगजनी

appharu

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–६ भारपामा रोकी राखेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट स्काभेटरको इन्जिनको सम्पूर्ण भाग जलेर नष्ट भएको छ ।

हिलिहाङ–३ का वडाध्यक्ष एवं नेकपा (एमाले) हिलिहाङका अध्यक्ष मदन गौतम सहित हिलिहाङकै भीम लिङदेन र प्रेम राई सञ्चालक रहेको सुरज निर्माण सेवा प्रा.लि.को २२५ सीसीको जुसन कम्पनीको स्काभेटरमा गएराती आगजनी भएको हो । स्काभेटर हिलिहाङ गाउँपालिकाको रु. २ लाख बजेटमा हिलिहाङ–६ को डाँडागाँउबाट ढाँडगाउँ हुँदै रेग्मीगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कार्यमा प्रयोग भइरहेको थियो ।

सडक निर्माणका लागि केही दिनअघि उक्त स्थानमा पुर्‍याइएको स्काभेटर डिजेल अभाव केही दिनदेखि रोकेर राखिएकामा डिजेल आएपछि हिँजो विहानबाट सञ्चालनमा आएको स्थानीयवासी राजेन्द्र काफ्लेले जानकारी दिनुभयो । हिँजो विहानबाट ट्र्याक खोल्ने काम सुरु गरी बेलुकी यहाँको अबिरे भन्ने ठाउँ पुगेको थियो ।

बेलुकी सडकमै स्काभेटर छोडेर चालक नजिकै घरमा डेरा गरी बसेका थिए । मध्यरात अचानक स्काभेटरमा आगो लागेको पाएको स्थानीयवासीले वताएका छन् । स्काभेटरसँगै प्लाष्टिकका ड्रममा राखिएको पाँच ड्रम डिजेल समेत आगजनीमा प्रयोग भएकाले स्काभेटर जलेर क्षति भएको स्थानीयवासीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । सडक निर्माणका क्रममा कुनै पनि प्रकारको विवाद समेत नरहेको स्थानीयवासीले जनाएका छन् ।