पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लाखौंको लगानी क्षणभरमै खरानी, पीडामा साथ दिन आग्रह


पाँचथर। पाँचथरको तुम्बेवा गाउँपालिका–३ स्थीत मौवाका २५ वर्षीय बालद भण्डारीले स्वदेशमै उद्यम गर्ने सोच राख्नुभयोे । सार्थीहरु बैदेशिक रोजगारीमा धमाधम गइरहेको बेला उहाँले केही आफुसंग भएको र केही श्रmण खोजेर व्यवसाय गर्ने लक्ष्य राख्नुभयो । व्यवसाय गर्ने स्थान कुम्मायक गाउँपालिका–५ नम्बर वडाको भुल्के स्थीत तमोर कोरिडोर सडक जु¥र्यो । सबैको साथ सहयोगबाट हौसला पाएपछि ८ लाख रुपैयाँ खर्च गरी २०८३ असार ३ गतेबाट तमोर रिसोर्ट एण्ड क्याफे सुरु गर्नुभयो । व्यावसाय गरेको छोटो समयमा क्याफेको चर्चा चल्यो ।

विदाको समयमा धेरै भिडभाड हुन थाल्यो । कुक सहित ३ जना कर्मचारी राखेर व्यवसाय सुरु गरेका भण्डारको क्याफेमा अचानाक बज्रपात प¥यो । व्यावसाय सुरु गरेको एक महिनामै ग्यास लिक भएर क्याफेमा आगलागी भयो । साउन १ गते साँझा ५ः१५ मा भएको आगलागीबाट लाखौं रुपैयाँको लगानी क्षणभरमै खरानी भयो । भौतिक संरचनासंगै भण्डारीको दरिलो आसा र भरोसा टुट्यो ।

अहिले ८ लाख रुपैयाँको लगानी जलेर नष्ट भएको छ । देशमै केही गरौं भन्ने भन्दै क्याफे संचालन गरे । मासिक आम्दानी र सेवाग्राहीको मायाँ पनि धेरै थियो । तर अचानक भएको घटनाले स्तब्ध छु पीडित भण्डारीले भन्नुभयो । क्याफेले गर्दा भुल्केमा चहलपहल बढेको थियो । सबैले क्याफेमा आएर खाजा खाने गर्नुहुन्र्थो ।

राम्रो साथ र सहयोग थियो । तर अहिले ठुलो क्षति हुँदा पनि हिम्मत नहार्नु हामी सहयोग गर्छौ भन्दै सान्त्तना दिने गर्छन भण्डारीले भने । अहिले सहयोगी दाता स्थानीय व्यवसायी र स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । हिम्मत र सहयोग जुट्यो भने फेरी अघि बढ्ने सोचमा छु उहाँले भन्नुभयो ।