चितवन । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मेयरको लागि विजय सुवेदीलाई सिफारिस गरेको छ । अब उहाँले निवर्तमान महानगर प्रमुख रेनु दाहालसँग कडा प्रतिस्पर्धा गर्नुहुँनेछ । एमालेको निवर्तमान वाग्मती प्रदेश सांसद हुनुहुन्थो । उनले भरतपुर महानगरको मयर पदमा उम्मेदवारी दिन केही दिनअघिमात्रै पदबाट राजीनामा दिनुभएको थियो ।
महानगरमध्ये पनि निकै चर्चा र प्रतिष्ठाको रुपमा रहेको भरतपुरमा गठबन्धनका तर्फबाट प्रचण्ड पुत्री रेनु दाहालको उम्मेदवारी रहेको छ । गठबन्धनको भागबण्डाका क्रममा भरतपुर माओवादीको भागमा परेको हो ।
नेकपा एमालेले यो पटक चितवनमा गठबन्धनलाई धुलो चटाउने दाबी गर्दै आएको छ । उता रेनु दाहालले पनि पुन उम्मेदवारी दिन मेयर पदबाट राजीनामा दिइसकेकी छन् ।
प्रतिक्रिया