Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गाउँपालिका उपाध्यक्षको सम्मुखमा दलित महिला « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गाउँपालिका उपाध्यक्षको सम्मुखमा दलित महिला

विपुल अधिकारी

फिदिम । नेकपा (एमाले)ले उम्मेदवार बनाएपछि उत्पीडित दलित समुदायकी नन्दकुमारी विश्वकर्मा (नन्द धमला) तुम्बेवा गाउँपालिका उपाध्यक्षको सम्मुख पुग्नुभएको छ । यहि वैशाक ३० गते हुने स्थानीय तहको निर्वाचनमा उहाँ एमालेबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार बन्नुभएको हो ।

स्थानीय तह बनेपछि पहिलो निर्वाचन २०७४ मा नेकपा (माओवादी केन्द्र)ले समुना लकान्द्री नेम्वाङलाई फिदिम नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनाएको थियो । तर लकान्द्री विजयी हुन सक्नु भएन । उहाँले करीब ३५०० मत प्राप्त गर्नुभएको थियो । उत्पीडित दलित समुदायले जनताको नजिकको सरकारको मुख्य जिम्मेवारी नपाइरहेका बेला एमालेले दलित महिलालाई गाउँपालिकाको महत्वपूर्ण मानिने उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

विगतमा तीन वटा वडा र गाउँपालिका उपाध्यक्ष जितेको एमालेले यस पटक तुम्बेवा गाउँपालिकाको अध्यक्षमा गोविन्दबहादुर तामाङ र उपाध्यक्षमा विश्वकर्मालाई उम्मेदवार बनाएको छ । विश्वकर्मा मात्रै मुख्य प्रतिस्पर्धी दलहरुबाट स्थानीय तहको मुख्य पदको उम्मेदवारी प्राप्त गर्ने दलित समुदायको ब्यक्ति हुनुहुन्छ । नन्द धमला नामले परिचित उहाँ दलित समुदायबाट स्थानीय तहको मुख्य जिम्मेवारीको निकट प्रतिस्पर्धामा उत्रनु भएको हो ।

२०४७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरी गत वर्षमात्रै सेवा निवृत्त हुनुभएका धमलाले २०६० सालमा नेकपा (एमाले)को संगठित सदस्यता पाउनुभएको थियो । स्वास्थ्य सेवामा अनमी पदमा कार्यरत रहँदै उहाँले सामाजिक न्याय, समानताको पक्ष तथा विभेदविरुद्ध आवाज उठाइरहनु भएको थियो ।

सक्रिय राजनीतिमा आवद्ध भएपछि धमलालाई एमालेले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको हो । समग्रमा तुम्बेवा गाउँपालिकाको विकासका एमालेले नै मुख्य भूमिका खेलेकाका कारण आफूहरु गाउँपालिकाको नेतृत्वमा पुगेपछि ब्याप्त समस्याहरु समाधानमा पहल गर्ने, गाउँपालिकाभित्रका समस्याहरु हल गर्दै तुम्बेवावासीले सहज जीवन यापन गर्न पाउने अवस्था निर्माण गर्नु आफूहरुको उद्देश्य रहेको धमलाको भनाई छ ।

यहाँ एमालेले जसपा, राप्रपा, राप्रपा नेपाल लगायत दलसँग तालमेल गरी सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धा गर्दै छ । यहाँ एमालेले गाउँपालिका अध्यक्ष अनुभवी र पाका नेता गोविन्दबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । जनताको आकाङ्क्षा र गाउँपालिकाभित्रका आम समस्याहरु समाधानका लागि आफ्नो उम्मेदवारी रहेको तामाङको भनाई छ ।