फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकाको अध्यक्षमा ५ जना तथा उपाध्यक्षमा ४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको छ ।
फालेलुङको अध्यक्षमा नेकपा (एमाले)का जयप्रकाश केरुङ, नेपाली काँग्रेसका वीरविक्रम थाम्सुहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र खत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कुमार केरुङ र मंगोल नेशनल अर्गनाइजेसनका टुकप्रसाद थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
यस्तै गाउँपालिका उपाध्यष पदमा नेकपा (एमाले)का सुजाता वान्तवा राई, नेकपा (माओवादी केन्द्र)का महेन्द्रहाङ जबेगू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मायादेवी मेयोङ्वा र मंगोल नेशनल अर्गनाइजेसनका समीक्षा राईले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
प्रतिक्रिया