Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
केही स्थानबाट मनोनयनको विवरण आउन बाँकी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

केही स्थानबाट मनोनयनको विवरण आउन बाँकी

चिन्तन खबर

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ अन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण निर्वाचन आयोगको सूचना प्रणालीमा समावेश भइरहेको र केही स्थानबाट विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ ।

मधेस प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशका दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेको आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले जनाएको छ ।

बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगडीमाइ, लहान र कर्जनाह, दाङको लमही नगरपालिका, सुर्खेतको वीेरेन्द्रनगर नगरपालिका र कालीकोटको पलाता गाउँपालिकाको विवरण प्राप्त हुन बाँकी छ ।