पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेयरका उम्मेद्वार पृथ्वी लावतीको टिम घरदैलो अभियानमा

चिन्तन खबर

फिदिम । मनोनयन दर्ता पछि जिल्लाका उम्मेद्वाहरु भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । पाँचथरका ८ वटै स्थानीय तहका उम्मेद्वारहरु यतिखेर भोट माग्न जनताका घरघरमै पुगेका छन् ।

फिदिम नगरपालिकाको नेकपा (एमाले)बाट मेयर पदका उम्मेद्वार पृथ्वी लावती यतिखेर नगरका वडा वडामा पुग्न थाल्नुभएको छ । त्यस्तै उहाँसँगै राप्रपाका तर्पबाट उपमेयरका उम्मेद्वार जगत थापा मगर पनि उक्त अभियानमा हुनुहुन्छ । विहिबार उहाँहरु फिदिम २ का वडा अध्यक्षका उम्मेद्वार दिननाथ अधिकारीसहित फिदिम २ का टोल टोलमा पुगेर आ–आफ्ना चुनावी एजेण्डाहरु पेश गर्नु भएको छ ।

उहाँहरुसँगै चुनावी अभियानमा संविधान सभा सदस्य, पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री, नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज बसन्त कुमार नेम्बाङ पनि हुनुहुन्छ । नेम्बाङले एमालेको सरकारका वेला भएका विकासका विषयमा स्थानीयहरुलाई स्पष्ट बनाउनु भएको छ । आफु मन्त्री भएको बेला फिदिम नगरपालिमा भौतिक पूर्वाधार देखि अन्य विकासका कामले धेरै तिब्रता पाएको बताउनुभएको छ ।

बुधबार देखिनै अभियान थाल्नु भएका लावतीले आज पनि फिदिम नगरपालिकाका केहि वडामा घरदैलो अभियान रहेको बताउनु भएको छ ।

लोकप्रिय नेताका रुपमा आफुलाई स्थापित गराउनुभएका लावतीका पक्षमा जनलहर नै आएको एमाले फिदिम २ का उप–सचिव टेकनाथ काफ्लेले बताउनु भएको छ ।
काफ्लेले भन्नुभयो– ‘त्यसै त युवाको माग देश व्यापि रुपमा चलेको छ । फिदिम नगरपालिका वितेका ५ वर्ष बुढा नेताले अस्तव्यस्त रुपमा चलाएको देखियो, अव पाँच वर्ष युवालाई दिएर देखाउन पर्छ । नगरपालिकाको मुहारनै फेरिने छ ।’