Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फालेलुङः प्रतिस्पर्धीवीच मोर्चाबन्दी, आकर्षक एजेण्डासहित जनाधार बढाउँदै एमाले « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फालेलुङः प्रतिस्पर्धीवीच मोर्चाबन्दी, आकर्षक एजेण्डासहित जनाधार बढाउँदै एमाले

चिन्तन खबर

फिदिम । सत्तारुढ दलहरुवीच गठबन्धन गर्नैपर्ने बाध्यता यत्तिसम्म भयो कि पाँचथरको फालेलुङ गाउँपालिकामा स्थानीय निर्वाचन २०७४ का पहिलो र दोश्रो शक्तिवीच चुनावी गठबन्धन भयो । उक्त निर्वाचनमा तेश्रो बनेको नेकपा (एमाले)विरुद्ध फालेलुङमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले मोर्चाबन्दी गरेका छन् । एमालेबाट फुटेर गएको एस पनि गठबन्धनमै छ । यसैले कठोर प्रतिस्पर्धीवीच गठबन्धन बनेको छ यहाँ ।

स्थानीय तह निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्षमा काँग्रेसका सञ्चकुमार केरुङ विजयी हुँदा माओवादी केन्द्रका महेन्द्रहाङ जबेगूले दोश्रो र एमालेका कमलप्रसाद जबेगूले तेश्रो मत पाउनु भएको थियो । पहिलो र दोश्रो हुने तत्कालीन उम्मेद्वार मात्रै होइन्, तेश्रो हुने जबेगू समेत अहिले सत्तारुढ गठबन्धनमै हुनुहुन्छ । एकअर्का प्रतिस्पर्धी र गाउँपालिकाको अध्यक्ष हुने उत्कट चाहना बोकेका नेताहरु एकै ठाउँ हुनु अहिले स्वभाविक जस्तो देखिएको छ, किनकी फालेलुङमा नेकपा (एमाले)ले आफ्नो शक्ति र जनाधार बढाउँदै लगेको छ ।

एमालेले फालेलुङमा अध्यक्ष पदमा जयप्रकाश केरुङ र उपाध्यक्ष पदमा सुजता बान्तवालाई उम्मेद्वार बनाएको छ । एमालेका उम्मेद्वारहरुले एक पटक सबै वडाको भ्रमण पनि पूरा गरेका छन् । वडाहरुमा चुनावी अभियान चलिरहँदा एमाले अरुले आँकलन गरेभन्दा सशक्त देखिएको छ । चुनावी अभियानका क्रममा एमाले जनाधार वृद्धि गर्न सफल भएको छ ।

एमालेका उम्मेद्वारहरुले सत्तारुढ गठबन्धनका उम्मेद्वारहरुभन्दा आफूहरु स्पष्ट रुपमा फरक भएको मतदाताहरुलाई वताइरहेका छन् । “हामी उद्देश्य, दृष्टिकोण र भिजनका हिसाबले अरुभन्दा फरक छौँ”, एमालेको उम्मेद्वारीबारे गाउँपालिका अध्यक्षका उम्मेद्वार जयप्रकाश केरुङले भन्नुभयो, “यहाँ जो–सुकैको पनि जीत फालेलुङवासीको विकास र समृद्धिका लागि हुनुपर्ने हो । मेरो जीत फालेलुङको विकास र समृद्धिका लागि हो । तर अरुको जीत एमाले हराउन मात्रै हो ।”

सबै मिलेर सत्तामा पुग्ने अभियान जीत्नका लागि मात्रै भएको तर आफूहरुले मैले जीतेर नयाँ काम गर्न खोजेको अध्यक्षका प्रत्यासी केरुङको भनाई छ । “हामीले चुनाव जीतेर सक्षमले नेतृत्व गर्न खोजेका हौँ”, केरुङले भन्नुभयो, “यो गाउँपालिकालाई वास्तविक रुपमा रुपान्तरण गर्नु हाम्रो उद्देश्य हो, तर अरुको उद्देश्य मिलेर जीत्नु मात्रै हो । फरक यहि हो ।”

भविश्यमा प्रदेश र संघ सरकार तथा ती सरकार विभिन्न निकाय र अंगमा पहुँच राख्दै गाउँपालिकाको विकासमा फड्को मार्नु जरुरी भएकाले सक्षम ब्यक्तिहरुलाई नेतृत्वमा पुर्याउने अभियानमा आफूहरु जुटेको एमालेका केन्द्रीय सदस्य श्रीप्रसाद जबेगूको भनाई छ । प्राध्यापक एवं अधिवक्ता केरुङको उम्मेद्वारी एक गाउँपालिकाका लागि आफैँमा महत्वपूर्ण हुने नै भयो, एमालेले महिला वडाध्यक्ष भई नमूना काम गरेर देखाउन सफल फालेलुङ–६ कि निवर्तमान अध्यक्ष सुजता वान्तवा राईलाई गाउँपालिका उपाध्यक्षको उम्मेद्वार बनाएको छ । सत्तारुढ गठबन्धनले अध्यक्षमा वीरविक्रम थाम्सुहाङ र उपाध्यक्षमा महेन्द्रहाङ जबेगूलाई उम्मेद्वार बनाएको छ ।