काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई केही दिनअघि मात्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने औपचारिक प्रस्ताव गरेको खुलासा गर्नुभएको छ । आज मतदान केन्द्र पुगेर भोट खसाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो खुलासा गर्नुभएको हो।
ओलीका अनुसार गत ९ गते स्थानीय चुनाव पर सार्न देउवाले गरेको प्रस्ताव उहाँले अस्वीकार गर्नुएको हो । ‘उहाँले औपचारिक प्रस्ताव गर्नुभएको थियो । तर, मैले देशलाई द्वन्द्वमा लैजानु हुँदैन, तपाईं अलोकतान्त्रिक बाटो नहिँड्नुस भनेर राम्रैसँग खबर पठाइदिएँ,’ ओलीले भन्नुभयो ।
उहाँले यो कुरा आफूले आज पहिलोपटक सार्वजनिक गरेको पनि जानकारी दिनुभयो । गठवन्धनले चुनाव सार्नका लागि धेरै बहाना खोजे पनि सफल नभएको ओलीले बताउनुभयो । ‘हामी सहमत भएपछि र कानूनी व्यवस्थाका कारण उहाँहरु चुनाव गराउन वाध्य हुनुभएको हो । नत्र मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ कि अनेक तरिकाले चुनाव रोक्न खोज्नुभएको थियो । यो चुनाव गराउन हामीले धेरै पापड बेल्नु परेको छ,’ ओलीले भन्नुभयो । जनताटाइमसबाट साभार
प्रतिक्रिया