पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायकको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

रवीन्द्र काफ्ले

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी हुनुभएको हो । अध्यक्ष पदमा लावतीले नेकपा (एमाले)का भीमप्रसाद सम्बाहाम्फेलाई १५७ मत तथा उपाध्यक्षमा खड्का एमालेकै सीता आचार्यलाई ३४ मतले पराजित गर्नुभएको हो ।

गाउँपालिका अध्यक्षमा लावतीले ३०५७ मत प्राप्त गर्दा एमालेका सम्बाहाम्फेले २९०० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा खड्काले २७५८ मत प्राप्त गर्दा आचार्यले २७२४ मत प्राप्त गर्नुभयो ।

यहाँ राप्रपाले अध्यक्ष पदमा २३३ र उपाध्यक्ष पदमा २२६ मत प्राप्त गरेको छ । अध्यक्ष पदमा ५०० तथा उपाध्यक्ष पदमा १०१२ मत बदर भएको छ । ६७२० मत गणनाबाट उक्त नजिता प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएको छ ।

यहाँ एमाले एक्लै चुनावी मैदानमा थियो भने गठबन्धनका काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गरेका थिए । कुम्मायकको वडा नं. १ मा जसपा र वडा नं. २ मा एकीकृत समाजवादीले वडाध्यक्ष जितेका छन् । बाँकी तीन वटा वडामा एमालेले वडाध्यक्ष सहित प्यानलमै विजय हाँसिल गरेको छ ।