Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
काठमाडौंको उपमेयरमा सर्वाधिक लोकप्रिय मत पाइरहनुभएकी सुनिता डंगोलको आज जन्मदिन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

काठमाडौंको उपमेयरमा सर्वाधिक लोकप्रिय मत पाइरहनुभएकी सुनिता डंगोलको आज जन्मदिन

चिन्तन खबर

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा काठमाडौं महानगरकी उपमेयर उम्मेदवार सुनिता डंगोलको आज जन्मदिन परेको छ ।

उनी आजबाट २९ वर्ष पूरा गरि ३० वर्षमा प्रवेश गरेकी छन् । सुनिता डंगोलको जन्म सन् १९९३ मे १९ का दिन नेपालको राजधानी काठमाडौंमा भएको थियो । उनी नेवार समुदायकी हुन् ।

सुनिता डंगोलको शैक्षिक पृष्ठभूमि बलियो छ । उनी पढाइको प्रारम्भिक अवस्थादेखि नै ‘टपर’ विद्यार्थी हुन्। उनी २०६५ मा भएको एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भइन् ।

त्यसपछि विज्ञान संकाय ं अध्ययनमा भर्ना भइन् । त्यसपछि उनले बायोटेक्नोलोजीमा स्नातक गरे। उनी हाल त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।

मिस नेवा – २०११ समेत रहेकी उनले विभिन्न अवार्ड पनि जितेकी छन् । उनी हाल काठमाडौं महानगरको उपमेयरमा सर्वाधिक मत प्राप्त उम्मेदवारको रुपमा प्रस्तुत भइरहेकी छन् ।