Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
बर्दघाट सुस्ता पश्चिमको नतिजा सार्वजनिक,तिन स्थानिय तहको प्रमुखमा एमाले विजयी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

बर्दघाट सुस्ता पश्चिमको नतिजा सार्वजनिक,तिन स्थानिय तहको प्रमुखमा एमाले विजयी

चिन्तन खबर

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन÷तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने कांग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक÷एक स्थानीय तहमा जितेका छन् ।

पाल्हीनन्दन गाउँपालिकाको मतगणना आज बिहान सकिएसँगै जिल्लाका सातवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । अघिल्लो निर्वाचनमा चार स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यसपटक एउटा नेतृत्व गुमाएको छ भने दुई स्थानीय तहको नेतृत्व जितेको एमालेले यसपटक थप एक जोड्न सफल भएको छ । माओवादी केन्द्रले भने एउटा स्थानीय तह जितेकामा अहिले पनि दोहोराएको छ ।

उपप्रमुखमा यसअघिको निर्वाचनमा कांग्रेसले चार स्थानीय तहमा जितेकोमा यसपटक तीनवटामा खुम्चिएको छ भने एमालेले अघिल्लो पटक तीन स्थानीय तहमा जितेकोमा यसपटक दुईमा झरेको छ । माओवादी केन्द्रले भने अघिल्लो पटक उपप्रमुखमा विजयी हासिल नगरे पनि यसपटक एउटा स्थानीय तहको उपप्रमुखमा जितेको छ । अघिल्लो पटक नेतृत्वमै नरहेको राप्रपाले यसपटक एउटा स्थानीय तहको उपप्रमुख जित्न सफल भएको छ ।

जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । एमालेले रामग्राम नगरपालिकामा प्रमुख, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने कांग्रेसले बर्दघाट नगरपालिकामा प्रमुख, पाल्हीनन्दन गाउँपालिकामा उपप्रमुख, प्रतापपुर र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।

माओवादी केन्द्रले पाल्हीनन्दन गाउँपालिकाको प्रमुख र बर्दघाट नगरपालिकाको उपप्रमुख जितेको छ भने राप्रपाले रामग्राम नगरपालिकाको उपप्रमुख जितेको छ । दुई लाख ३७ हजार १२५ मतदाता रहेको जिल्लामा ७७।७६ प्रतिशत अर्थात् एक लाख ८४ हजार ३८२ मत खसेको थियो ।