Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हिलिहाङ गाउँ कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार निर्विरोध निर्वाचित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हिलिहाङ गाउँ कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार निर्विरोध निर्वाचित

चिन्तन खबर

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्वाचनका क्रममा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने सबै नेकपा (एमाले)का उम्मेदवार छन् ।

चार जना महिला सदस्य पदमा चार जनाको मात्रै तथा दुई जना दलित वा अल्पसङ्ख्यक सदस्य पदमा दुई जनाको मात्रैको उम्मेदवारी परेपछि निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवार उपर उजुरी समेत नपरेपछि निर्वाचन अधिकृत दशरथ राईले आज निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको छ ।

हिलिहाङ गाउँ कार्यपालिकाको सदस्यमा सुस्मा लावती, विष्णुकुमारी भट्टराई, गंगामाया विश्वकर्मा र निम्की भोटिनी निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै दलित वा अल्पसङ्ख्यक गाउँ कार्यपालिका सदस्य वीरेन्द्र मंग्राती र पुण्यप्रसाद राई निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरु सबै नेकपा (एमाले)का उम्मेदवार रहनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सात वटा वडा रहेको हिलिहाङ गाउँपालिकामा उपाध्यक्ष, प्यानल सहित चार जना वडाध्यक्ष र अर्को वडामा तीन जना सदस्य विजयी हुँदै एमालेले गाउँसभामा बहुमत प्राप्त गरेको थियो । एमालेको बहुमत भएपछि एमालेको मात्रै एकल उम्मेदवारी परेको हो । हिलिहाङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका समरबहादुर अधिकारी गठबन्धनका तीन जना वडाध्यक्ष सहित निर्वाचित हुनुभएको छ ।

अब हिलिहाङको १५ सदस्यीय गाउँ कार्यपालिकामा एमालेका उपाध्यक्ष सहित ११ जना सदस्य, काँग्रेसका अध्यक्ष सहित तीन जना सदस्य र नेकपा (एकीकृत समाजवादी)का एक जना सदस्य रहनुहुने भएको छ । जिल्लाका अन्य स्थानीय तहमा गाउँ कार्यपालिका सदस्यको निर्वाचन हुन बाँकी छ ।