काठमाडौं । आज विहान सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजी गर्न दुई वटा हेहिकम्पटर परिचालन गरिएको छ । काठमाडौंबाट नेपाली सेनाको एउटा हेलिकम्पटर र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रसासन कार्यालय कास्कीले जनाएको छ ।
विमानमा तीन जना चालक दलसहित २२ जना यात्रु सवार रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सो मध्ये ६ जना विदेशी नागरिक सवार रहेको जनाइएको छ ।
उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया