फिदिम । ‘थिङ्क ग्लोबली, एक्ट लोकली’ यो मान्यतालाई आत्मसाथ गर्ने नेकपा(एमाले) का युवा नेता जयप्रकाश (जेपी) केरुङ पाँचथर फालेलुङ गाउँपालिकाको उम्मेदवार बन्नुभएको छ । अन्य स्थानीय तहमा उम्मेदवारको रस्साकस्सी सुरु नहुदै केरुङ फालेलुङमा एमालेबाट सर्वसहमत उम्मेदवार चयन हुनुभयो ।
गाउँघरको उकाली ओराली, सुख दुःख, घाँस दाउरा, धारापधेराको अनुभ भएको र देशविदेश बुझेको युवा प्राज्ञिक उम्मेदवार पाउँदा फालेलुङवासी खुसी छन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) र कानुनमा स्नातक (एलएलबी) गर्नु भएका केरुङको फालेलुङ ८ ( साविक याङ्नाम–९) मा वि.स. २०३६ बैसाख २२ गते जन्म भएको हो । सामान्य किसान परिवारमा जन्मनु भएका जयप्रकाश केरुङले राज्यको विभिन्न उच्चतहमा रहेर कुशल कार्यसम्पादन गरि आफुलाई प्रमाणित गरिसक्नु भएको छ ।
उहाँसंग सिंहदरवारमा बसेर देशकै प्रशासन चलाएको समेत अनुभव छ । उहाँ महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, मन्त्रीको प्रमूख स्वकीय सचिव, राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्य सचिव र भूमि सम्बन्धी समाधान आयोग, विज्ञ सदस्य रहेर काम गरिसक्नु भएको छ । केरुङले विभिन्न विद्यालय तथा कलेजमा अध्यापन गर्नुका साथै वकालतको समेत अनुभव लिनु भएको छ । उहाँ पछिल्लो समय पाँचथरमा रहेर वकालतमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँको राजनीतिक यात्रा पनि निक्कै लामो छ । अनेरास्ववियु प्रारम्भिक कमिटी हुदै प्रगतीशिल युवा संघको केन्द्रिय अध्यक्ष, नेकपा (माले) केन्द्रीय सदस्य तथा विदेश विभाग सचिव र अहिले नेकपा (एमाल )जिल्ला कमिटी पाँचथरको सचिवालय सदस्य तथा फालेलुङ इन्चार्ज हुनुहुन्छ ।
०६२/६३ को जनआन्दोलनमा काठमाण्डौमा सक्रिय सहभागी हुनु भएको केरुङ वि.स. ०६४ र ०७० मा भएको संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार समेत हुनुभएको थियो ।
केरुङ चोत्लुङ सङ्जुम्भोका सस्थापक सचिव, लिम्बू विद्यार्थी मञ्चका महासचिव जस्ता दर्जनौ सामाजिक संस्थामा रहेर सामाजिक काममा समेत योगदान गर्नु भएका केरुङले भारत, चीन, श्रीलंका, फिलिपिन्स, सिंगापुर लगायतका देशहरु भ्रमण गर्नु भएको छ ।
उहाँ भन्नुहुन्छ यी देशहरु भ्रमण गर्दा खालि समुद्रको किनारमा फोटो खिच्ने काम मात्र गरिन । हरेक ठाउँ पुग्दा त्यो देशले कसरी विकासमा फड्को मार्यो, त्यहाँका स्थानीय तहहरु कसरी सुव्यवस्थित रुपमा सञ्चालन भइरहेका छन् । एकएक डायरीमा नोट गरेको छु । विकसित देशहरुले विकास गर्न प्रयोग गरेको कतिपय फरमुला हाम्रो लागि पनि असाध्यै उपयोगी छन् ।
गाउँगाउँमा विकासको लहर ल्याउन भिजन र सक्रियताले मात्र पुग्दैन । नेपालको जटिल प्रशासनिक सयन्त्रहरुलाई चिर्न सक्ने मानिस पनि चाहिन्छ । यसका लागि गाउँदेखि सिहंदरबारको समेत अनुभव सम्हाल्नु भएका स्पातिलो केरुङ भन्दा अर्को उपयुक्त पात्र कम्तिमा पनि अहिलेको लागि फालेलुङ गाउँपालिकामा भेट्न सकिदैन ।
सपनाको भारीले थिच्ने खालको उहाँको एजेन्डा छैन । छन त केवल स्थानीय जनताको दैनिक जीवनसंग गासिएका प्रश्नहरु । स्थानीय स्रोत साधनको पहिचान गरेर आत्मनिर्भर स्वारोजगार सिर्जना, छिमेकी देश भारतको सिकिम राज्यसंग नाका खोलेर व्यापार प्रबद्र्धन, होमस्टे, पर्यटन, रिसोर्ट, स्थानीय उत्पादनको बजारीकरण, शिक्षा क्षेत्रमा देखिएका विकृती समाप्त गरेर, गुणस्तर शिक्षा, भौतिक पूर्वाधार विकासमा जोड लगायत मुख्य एजेण्डा हुन ।
त्यस्तै जोरपोखरी–फालोट, फिदिम–फालोट, केचना–कञ्चनजघा, जस्ता राष्टिय गौरवका योजनाहरुलाई समयमै सम्पन्न गर्न पहल गर्ने, एक घर एक होमस्टे, एकघर एक रोजगार, माटो परिक्षण गरेर कृषी तथा नगदेबाली, खाद्य उत्पादनमा प्रोत्साहन, छात्रावृद्धि, एक टोल एक सहकारी, कृषी पर्यटन, शिक्षा सञ्चार यातायात जस्ता आधारभूत आवश्यकलाई सम्पूर्ण जनताको पहुँचमा विस्तार, निपक्ष जवाफदेहि, पादर्शीता र दायित्वबोध हुने गरि स्थानीय प्रशासन चलाउने, नियमित घुम्ति स्वास्थ्य सेवा शिविर चलाउने र चौरी महोत्सव फालेलुङको पर्यटन प्रबद्र्धनमा आकर्षणको रुपमा अगाडी बढाउने लगायतका एजेण्डा लिएर केरुङ चुनावी मैदान ओर्लिनु भएका छ ।
केरुङ भन्नुहुन्छ ‘सक्षम मानिसहरु राजनितिमा नआए असक्षहरुबाट शासित हुनु पर्छ’ दार्शनिक प्लेटो यो भनाई सतप्रतिशत साँचो हो र यहि बुझाईका साथ मैदानमा उत्रिएको छु ।
प्रतिक्रिया