काठमाडौं । नेकपा (एकिकृत समाजवादी)को आज बसेका सचिवालय बैठकले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलएर नयाँ मन्त्री पठाउने तयारी थालेको छ ।
शनिवार देखि चलेका बैठक अन्तर्गत आज यो विषय प्रवेश गरेको हो ।
नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिनुभएको छ ।
‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ ।’
प्रतिक्रिया