काठमाडौं । केन्द्रमा सत्तारुढ गठबन्धन रहेपनि जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गठबन्धन गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो ।
नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन् । प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन् ।
सुर्खेतमा एमालेका नौ, माओवादीका एक, कांग्रेसका आठजना मतदाता छन् । अब माओवादी र एमाले मिलेर स्पष्ट बहुमत पुगेको छ ।
प्रतिक्रिया